चितवन अटो शोमा एमएडब्लूको ऐतिहासिक सफलता

चितवन अटो शोमा एमएडब्लूको ऐतिहासिक सफलता

चितवन : भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा सम्पन्न ‘चितवन अटो शो २०२६’ मा एमएडब्लू ग्रुपले १०० भन्दा बढी सवारीसाधनको बुकिङ प्राप्त गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

विभिन्न ब्रान्डहरूको एकीकृत सहभागिता रहेको यस शोमा फोटोन मोटर्सले ‘कमर्सियल भेहिकल’ विधामा ‘बेस्ट एक्जिबिटर’ अवार्ड समेत जितेको छ। फोटोनले ल्याएका ५५ इन्चको टेलिभिजन, फ्यामिली रिट्रिट प्याकेज र नगद छुटजस्ता आकर्षक अफरहरूले ग्राहकलाई विशेष आकर्षित गरेका थिए।

यस सफलताले चितवनलाई देशकै प्रमुख क्षेत्रीय अटोमोबाइल बजारका रूपमा स्थापित गर्नुका साथै एमएडब्लूको सेवा र गुणस्तरप्रतिको विश्वासलाई थप बलियो बनाएको कम्पनीले जनाएको छ।

वैशाख २५, २०८३ शुक्रबार २१:५३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।