काठमाडौं बाहिर फैलियो याङ्गो राइड; चितवनमा सुरु भयो चालक दर्ता

काठमाडौं बाहिर फैलियो याङ्गो राइड; चितवनमा सुरु भयो चालक दर्ता

काठमाडौं : ग्लोबल टेक कम्पनी याङ्गो ग्रुप अन्तर्गतको राइड हेलिङ्ग सेवा ‘याङ्गो राइड’ले काठमाडौं बाहिर आफ्नो सञ्जाल विस्तार गरेको छ।

कम्पनीले चितवन र आसपासका इच्छुक चालकहरूलाई आफ्नो प्लेटफर्म ‘याङ्गो प्रो’मा जोड्नका लागि चितवनका तीन विभिन्न स्थानमा ड्राइभर नेटवर्क प्रोग्राम आयोजना गरेको छ।

याङ्गो नेपालका प्रमुख सन्तोष पाण्डेसहित हेडक्वाटर र स्थानीय टोलीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा चालक दर्ता, अभिमुखीकरण सत्रका साथै अन्तरक्रियात्मक खेलहरू र उपहार वितरण गरिएको थियो। सहभागी चालकहरूलाई इन्धन कार्ड, ब्रान्डेड ब्याग, क्याप र अन्य सामग्रीहरू समेत प्रदान गरिएको कम्पनीले जनाएको छ।

याङ्गो राइडले चालकहरूले आफ्नो अनुकूल समयमा काम गरेर मागअनुसार महिनाको १ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने जानकारी दिएको छ।

याङ्गो नेपालका प्रमुख पाण्डेले काठमाडौं बाहिरका इच्छुक व्यक्तिहरूलाई समेत काठमाडौंस्थित पार्टनर अफिसमा सम्पर्क गर्न आग्रह गरेका छन्। हाल विश्वका ३० भन्दा बढी देशहरूमा आवागमन, डेलिभरी र खाद्य प्रविधि लगायतका डिजिटल सेवाहरू प्रदान गरिरहेको छ। 

वैशाख २५, २०८३ शुक्रबार २१:४७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।