प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनद्वारा अस्वीकार

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनद्वारा अस्वीकार

काठमाडौं : संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयविरुद्ध पेस भएका रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले पेस गरेका रिट निवेदनलाई प्रशासनले दर्ता गर्न अस्वीकार (दरपिठ) गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले उक्त रिटहरू दरपिठ भएको पुष्टि गरे।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको थियो। परिषद्ले वरीयताको चौथो क्रममा रहेका शर्मालाई सिफारिस गरेको थियो। 

निवेदकहरूले वरीयता मिचेर गरिएको सिफारिस संविधानको आधारभूत मर्म विपरीत रहेको दाबी गरेका छन्। रिटमा उक्त निर्णय कार्यान्वयन नगर्न र संसदीय सुनुवाइ प्रक्रिया अघि नबढाउन अन्तरिम आदेशको माग गरिएको थियो। 

वैशाख २५, २०८३ शुक्रबार २०:३८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।