नौ दिनदेखि हराइरहेकी महिला मृत फेला

नौ दिनदेखि हराइरहेकी महिला मृत फेला

तेह्रथुम : जिल्लास्थित म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। 

यही वैशाख १६ गतेदेखि हराइरहेकी ५३ वर्षीय दिलमाया तुम्बाहाङ्फे लिम्बू शुक्रबार मृतावस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले बताए। 

सम्पर्कविहीन भएदेखि परिवार, आफन्त, छरछिमेक र प्रहरीले दिलमायाको खोजी कार्य जारी राखेका थिए। सो क्रममा बुधबार बिहान म्याङलुङ-९ स्थित कोप्चे र पाटीगाउँको सिमानामा पर्ने खोल्सामा लिम्बूको शव भेटिएको श्रीमान् धनबहादुर तुम्बाहाङ्फे लिम्बूले बताए।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए। 

वैशाख २५, २०८३ शुक्रबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।