लक्ष्मी सनराइज बैंक र आईएफसीबीच सम्झौता, महिला उद्यमशीलता प्रवर्द्धनमा जोड

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच सम्झौता, महिला उद्यमशीलता प्रवर्द्धनमा जोड

काठमाडौं : महिला उद्यमशीलता प्रवर्द्धन र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले लक्ष्मी सनराइज बैंक र विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमबीच ‘बैंकिङ अन वुमन’ पहलअन्तर्गत सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई र आईएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन्।

यस सहकार्यअनुसार आईएफसीले बैंकलाई महिला स्वामित्व तथा नेतृत्वमा रहेका साना तथा मझौला उद्यमसँग सम्बन्धित लैङ्गिक तथ्याङ्क सङ्कलन, विश्लेषण र उपयोग गर्न प्राविधिक सहयोग गर्नेछ।

यसै तथ्याङ्कका आधारमा बैंकले महिला उद्यमीका वास्तविक आवश्यकता पहिचान गरी उनीहरूका लागि थप प्रभावकारी र उपयुक्त वित्तीय सेवाहरू विकास गर्नेछ।

बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म ‘वी फाइ’ को समेत सहयोग रहेको यस सहकार्यले समावेशी आर्थिक विकास र जिम्मेवार बैंकिङ अभ्यासलाई थप मजबुत बनाउने बैंकले विश्वास लिएको छ।

वैशाख २५, २०८३ शुक्रबार १२:०३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।