ट्रायम्फ नेपालको सात दिने ‘एपिक राइड : मनाङ एडिसन’ सम्पन्न

ट्रायम्फ नेपालको सात दिने ‘एपिक राइड : मनाङ एडिसन’ सम्पन्न

काठमाडौं : हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिअन्तर्गतको ट्रायम्फ नेपालले सात दिने मोटरसाइकल र्याली ‘ट्रायम्फ एपिक राइड: मनाङ एडिसन’ सम्पन्न गरेको छ।

गत अप्रिल २५ देखि मे १ (२०२६) सम्म सञ्चालित यस यात्रालाई ‘ट्रेल्स अफ द माउन्टेन लेक्स’ नाम दिइएको थियो।

इटहरी र काठमाडौंबाट एकसाथ सुरु भएको यात्रा नारायणगढ, बेसिसहर र चामे (२,६५० मि.) हुँदै मनाङ पुगेको थियो।

यस यात्राको सबैभन्दा कठिन र मुख्य आकर्षण ४,६२० मिटर उचाइमा अवस्थित ‘आइस लेक’ (किचो ताल) सम्मको गन्तव्य थियो।

विकट हिमाली भू-भाग, उच्च हिमाली पास र अफ-रोड चुनौतीलाई पार गर्दै राइडरहरूले ‘ट्रायम्फ स्पिड ४००’, ‘स्क्र्याम्ब्लर ४०० एक्स’ र ‘स्क्र्याम्ब्लर ४०० एक्ससी’ मोटरसाइकलको उत्कृष्ट क्षमता परीक्षण गरेका थिए। 

उच्च हिमाली क्षेत्रबाट फर्किएको टोली भारी वर्षाको सामना गर्दै बेसिसहर र मेघौली हुँदै तराईको जनकपुर पुगेको थियो।

जानकी मन्दिरको दर्शनसँगै सांस्कृतिक विविधताको अनुभव गर्दै राइडरहरू काठमाडौं र इटहरी फर्किएर यात्रा समापन गरेका थिए।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले विविध भौगोलिक चुनौती र सौन्दर्यले भरिएको यस यात्रालाई केवल मोटरसाइकल राइड मात्र नभई ‘अविस्मरणीय र रोमाञ्चक स्मृति’ का रूपमा चित्रण गरेका छन्।

वैशाख २५, २०८३ शुक्रबार ११:५३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।