अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुल्यो

अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन : सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो।

इच्छाकामना गाउँपालिका-५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

वैशाख २५, २०८३ शुक्रबार ०९:१२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।