नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६२ जना ट्राफिक कारबाहीमा

नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६२ जना ट्राफिक कारबाहीमा

काठमाडौं : बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६२, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ८८ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८४, निषेधित क्षेत्रमा हर्न बजाउने ३९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ७७, एकतर्फी सडकमा सवारी चलाउने १११ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२ जनालाई कारबाही गरिएको हो।

वैशाख २५, २०८३ शुक्रबार ०८:१२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।