पत्रकारलाई पुरस्कार दिँदै राष्ट्रपतिले भने : समाचार लेखेकै कारण पत्रकार असुरक्षित हुनु हुन्न
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। उनले बिहीबार सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चिततातर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए।
पत्रकारहरूलाई पुरस्कार वितरण गर्दै उनले सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चार माध्यमसामु चुनौती थपिएको बताए।
वरिष्ठ सम्मान चन्द्रकिशोर र नम्रतालाई, राष्ट्रिय पुरस्कार उमेश, भोला र रुपालाई
राष्ट्रपति पौडेलले बिहीबार वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मान गरे। उमेश श्रेष्ठ, भोला पासवान र रुपा गहतराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेका थिए।
चन्द्रकिशोर लामो समयदेखि स्तम्भ लेखनमा सक्रिय छन्। नम्रता खोज पत्रकारिता केन्द्र लगायतबाट पत्रकारितामा सक्रिय छिन्। अनलाइन पत्रकारिता हुँदै श्रेष्ठ पछिल्लो समय फ्याक्ट चेकमा सक्रिय छन्। भोला र रूपमा पनि सीमान्तकृत समुदायको विषय उठानमा सक्रिय सञ्चारकर्मी हुन्।
वैशाख २४, २०८३ बिहीबार १७:०८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।