उद्यमशीलताका लागि सारथि बन्दै हायर पर्चेज सुविधा, शून्य प्रतिशत ब्याजमै लिन सकिन्छ उपकरण

उद्यमशीलताका लागि सारथि बन्दै हायर पर्चेज सुविधा, शून्य प्रतिशत ब्याजमै लिन सकिन्छ उपकरण

काठमाडौँ : पछिल्ला वर्षहरूमा नेपाली बजारमा 'किस्ताबन्दी'  मा सामान खरिद गर्ने संस्कृति निकै फस्टाएको छ। महिनाभरिको कमाइबाट थोरै-थोरै रकम कटाउँदा एकै पटक ठूलो आर्थिक भार नपर्ने भएपछि मध्यमवर्गीय परिवारदेखि उद्यमीहरूसम्मको रोजाइमा 'हायर पर्चेज' कर्जा पर्न थालेको हो।

यही क्षेत्रमा विगत १६ वर्षदेखि छुट्टै पहिचान बनाएको कम्पनी हो एम.ए.डब्ल्यु हायर पर्चेज प्रालि। विशेषगरी लगानीको अभावमा आफ्नो व्यवसाय सुरु गर्न नसकेकाहरूलाई लक्षित गरी २०६७ सालमा यो कम्पनी स्थापना भएको थियो।

१६ वर्षको यात्रा :  आवश्यकतादेखि लाइसेन्ससम्म

नेपाल राष्ट्र बैंकले २०७० सालमा हायर पर्चेज कम्पनी सञ्चालनका लागि अनिवार्य लाइसेन्सको व्यवस्था गरेको थियो। तर, एम.ए.डब्ल्यु.ले त्योभन्दा अगाडिदेखि नै ग्राहकको आवश्यकता बुझेर सेवा दिइरहेको कम्पनीका जनरल म्यानेजर प्राणनाथ भट्टराई बताउँछन्।

"हामीले राष्ट्र बैंकको नीति आउनुअघि नै सेवा सुरु गरिसकेका थियौँ। २०७० मा लाइसेन्सको व्यवस्था आएपछि प्रक्रिया पुर्याएर काम गरिरहेका छौँ। करिब १६ वर्षको यो यात्रामा हामीले ग्राहकको विश्वास र आवश्यकतालाई नै केन्द्रमा राख्यौँ," भट्टराई भन्छन्।

यो कम्पनीले केवल निजी सवारी साधनमा मात्र सीमित नरही व्यावसायिक क्षेत्रलाई पनि समेटेको छ। हाल कम्पनीले सवारी साधनतर्फ  कार, जिप, बस, ट्रक, मोटरसाइकल र स्कुटर, निर्माण र मेसिनरीमा हेभी इक्विपमेन्ट, औद्योगिक औजार र उपकरण, बढ्दो वातावरणीय चेतनासँगै विद्युतीय स्कुटरदेखि माइक्रोबससम्म र ३० हजार रुपैयाँभन्दा माथिका मोबाइल सेटसम्मलाई समेटेको छ।

डिजिटल सुविधा र छिटो छरितो प्रक्रिया

बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन झन्झटिलो मान्नेहरूका लागि यो कम्पनी भरपर्दो विकल्प देखिन्छ। अनलाइन वा फोनमार्फत नै कर्जाको प्रक्रिया अगाडि बढाउन सकिने र देशभरका शाखाबाट कर्मचारीहरूले प्रत्यक्ष सेवा दिने व्यवस्था मिलाइएको छ। केही सवारीमा ४० प्रतिशतसम्म 'डाउन पेमेन्ट' गरेर तुरुन्तै सामान लिन सकिने सुविधासमेत छ।

एम.ए.डब्ल्यु.ले पछिल्लो समय प्रविधिमा युवाहरूको पहुँच पुर्याउन शून्य प्रतिशत ब्याजदरमा मोबाइल उपलब्ध गराइरहेको छ। यसमा ३० हजारभन्दा माथिको मोबाइल जुनसुकै पसलबाट ग्राहकले रोज्न सक्छन्, ब्याजको भार ग्राहकलाई पर्दैन।

"मोबाइल जस्ता उपकरणमा विक्रेता कम्पनीसँगको सहकार्यमा हामीले शून्य प्रतिशत ब्याजमा सेवा दिइरहेका छौँ," जिएम भट्टराईले प्रस्ट पारे।

आर्थिक सूचक: ५ अर्बको लगानी, न्यून खराब कर्जा

कम्पनीको वित्तीय अवस्था बलियो र सुरक्षित देखिएको छ। हालसम्म एम.ए.डब्ल्यु.ले करिब ५ अर्ब १ करोड रुपैयाँ लगानी गरिसकेको छ। मोबाइल सेट लिँदा ब्याज लाग्दैन। माइक्रोबसका लागि ८ देखि ९ प्रतिशत ब्याज, मोटरसाइकलका लागि १० प्रतिशत र अन्य उपकरणमा सहुलियतपूर्ण दरमा सुविधा दिइरहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीको सबैभन्दा सबल पक्ष यसको खराब कर्जाको मात्रा  हो, जुन जम्मा १.९५ प्रतिशत मात्र छ। राष्ट्र बैंकको सीमा र नीतिभित्र रहेरै सुरक्षित लगानी र सहज असुली गरिरहेकाले कम्पनीको साख बढेको भट्टराईको भनाइ छ।

वैशाख २४, २०८३ बिहीबार १५:५७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।