वैदेशिक रोजगारीको लोभ देखाएर ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भनी ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारीलाई पक्राउ गरिएको हो।
अभियुक्त तामाङले जापान पठाइदिने भनी एक जनाबाट ११ लाख ५५ हजार, केसीले अमेरिका पठाइदिने भनी १२ जनाबाट ९३ लाख, डिल्लीमानले दुई जनाबाट १४ लाख ७५ हजार, श्रीहाङले दक्षिण कोरिया पठाइदिने भनी एक जनाबाट १२ लाख २५ हजार र नमुनाले मकाउ पठाइदिने भनी ३ जना पीडितहरूबाट पाँच लाख ५० हजार ठगेका थिए।
वैशाख २४, २०८३ बिहीबार १५:२७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।