करिब ७ अंकले बढ्यो नेप्से, कारोबार रकम भने २ अर्ब ९३ करोडमा खुम्चियो
काठमाडौं : बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। बुधबार ८.७८ अंकले बढेको नेप्से आज ६.९४ अंकले बढे २७१८ विन्दुमा कायम भएको छ।
लगातार चार कारोबार दिन घटेको बजार आज भने बढेको हो। बजार बढेपनि कारोबार रकम भने घटेको छ। आज २ अर्ब ९३ करोडको कारोबार भयो। अघिल्लो दिन ३ अर्ब १९ करोड करोडको कारोबार भएको थियो।
१५५ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १२ को स्थिर रह्यो।
बैंकिङ ०.३३, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.२०, जीवन बीमा ०.३०, माइक्रोफाइनान्स ०.३५, व्यापार समूह १.५७ र अन्य ०.८३ प्रतिशत बढे।
फाइनान्स ०.०८, लगानी ०.०७, उत्पादन तथा प्रशोधन ०.०८ र निर्जीवन बीमा ०.५६ प्रतिशत घटे।
स्वावलम्ब लघुवित्त मूल्य सबैभन्दा धेरै १२.१९ प्रतिशत बढ्यो।
आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर , नेशनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र ङादी ग्रुप रहेका छन्।
वैशाख २४, २०८३ बिहीबार १५:२७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।