बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार आठ सय रुपैयाँ बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार छ सय कायम भएको छ। 

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार आठ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य एक सय रुपैयाँले बढेको छ। बुधबार पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने पाँच हजार एक सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

वैशाख २४, २०८३ बिहीबार १०:४९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।