डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

रामेछाप : वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा आए पनि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक नियम पालना गर्न तथा सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

साथै सुरक्षासम्बन्धी प्रहरीका सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न समेत अनुरोध गरिएको छ।

राजमार्गको अवस्थाबारे थप जानकारी आवश्यक परेमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

रोशीखोलाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग ४ दिनदेखि अवरुद्ध थियो।

वैशाख २४, २०८३ बिहीबार ०९:३८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।