संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिस गरिने
काठमाडौं : संवैधानिक परिषद्को बैठक बिहीबार बस्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका हुन्।
बैठकमा प्रधानन्याधीशको सिफारिसको टुंगो लगाउने विषमा छलफल हुनेछ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर सहभगी हुनेछन्।
वैशाख २४, २०८३ बिहीबार ०९:१४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।