सरकारले दोहोरो सुविधा लिनेको नाम खोजे लगत्तै ओली फिर्ता गरे गाडी

सरकारले दोहोरो सुविधा लिनेको नाम खोजे लगत्तै ओली फिर्ता गरे गाडी

काठमाडौं : सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूले दोहोरो सुविधाको गाडी प्रयोग गरे फिर्ता गराउन अध्ययन सुरु गराए लगत्तै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत लिएको गाडी फिर्ता गरेका छन्। गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाए लगत्तै ओलीले बुधवारै गाडी फिर्ता गरेका हुन्।

स्रोतका अनुसार ओलीको सचिवालयले मन्त्रालयमा बा१३च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी फिर्ता गरिसकेको छ। सरकारले एकै व्यक्तिले सुविधा विपत् दोहोरो सुविधा लिएको वा फरक फरक निकायबाट गाडीको सुविधा लिएकोबारे अध्ययन गर्न निर्देशन दिएको थियो। 

मन्त्रीपरिषद्ले  पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको विवरण संकलन गर्न गृह मन्त्रालयलाई निर्देशन दिए लगत्तै मन्त्रालयले बुधवारै पत्र पठाएको थियो। ओलीले प्रयोग गरेको सो गाडी कहाँबाट प्रयोग गरेको हो त्यो भने खुलेको छैन।

वैशाख २३, २०८३ बुधबार २२:४६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।