समस्याग्रस्त १० सहकारीका ८७ ठूला ऋणीहरूको नाम सार्वजनिक, अन्यको नाम पनि सार्वजनिक गर्ने तयारी
काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २० सहकारीमध्ये १० सहकारीका ठूला ८७ ऋणीहरूको नाममा सार्वजनिक गरेको छ।
बुधवार समितिले समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ८७ ऋणीहरूको नाम सार्वजनिक गर्दै अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने बताएको छ।
समितिले बुधवार घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी , गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीको नाममा सार्वजनिक गरेको हो।
समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न अनुरोध गर्दै यदि चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाएको छ।
वैशाख २३, २०८३ बुधबार २१:२२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।