कीर्तिपुरमा साथी–साथीबीच झगडा हुँदा धारिलो हतियार ले हानेर युवकको हत्या

कीर्तिपुरमा साथी–साथीबीच झगडा हुँदा धारिलो हतियार ले हानेर युवकको हत्या

काठमाडौं : काठमाडौंको कीर्तिपुरमा एक युवकको हत्या भएको छ।

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा दिउँसै धारिलो हतियार प्रयोग गरी युवकको हत्या गरिएको हो।

आज दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

हतियार प्रहार गर्नेको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले बताए।

उनले भने, “धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ। हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ। प्रहरीले चाँडै पक्राउ गर्ने छ।” 

प्रारम्भिक जानकारीअनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको प्रहरीले जनाएको छ।

वैशाख २३, २०८३ बुधबार १७:०९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।