नेप्से १.६४ अंकले घट्यो, कारोबार रकम ३ अर्ब १९ करोडमा सीमित
काठमाडौं : बुधबार सेयर बजार सामान्य अंकले घटेको छ। मंगलबजार ८.७८ अंकले बढेको नेप्से आज १.६४ अंकले घटेर २७११ विन्दुमा कायम भएको छ।
कारोबार रकम पनि केही घटेको छ। आज ३ अर्ब १९ करोडको कारोबार भयो। अघिल्लो दिन ३ अर्ब ४करोडको कारोबार भएको थियो।
१०४ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने १५ को स्थिर रह्यो।
बैंकिङ ०.१६, फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.२२, लगानी ०.४०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.०३ प्रतिशत बढे।
त्यस्तै विकास बैंक ०.५१, हाइड्रोपावर ०.४३, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.५६ र व्यापार समूह ०.२५ प्रतिशत घटे।
फर्वाड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १३.७४ प्रतिशत बढ्यो।
आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, ङादी ग्रुप र अपर लोहोरेखोला जलविद्युत् कम्पनी रहेका छन् ।
वैशाख २३, २०८३ बुधबार १५:३०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।