एकैदिन तोलामा ५८ सय बढ्यो सुन
काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला पाँच हजार आठ सय रुपैयाँ बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार आठ सय कायम भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजारमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य एक सय ७५ रुपैयाँले बढेको छ। मंगलबार चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने पाँच हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
वैशाख २३, २०८३ बुधबार १०:४६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।