सर्वसाधारणका लागि टक्सार पिखुला खोला हाइड्रोपावरको आइपिओ खुल्यो

सर्वसाधारणका लागि टक्सार पिखुला खोला हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौं : टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। 

कम्पनीले २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो।  

यसअघि आयोजना प्रभावित भोजपुरका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँड गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताहरूले वैशाख २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि जेठ ६ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

वैशाख २३, २०८३ बुधबार १०:१९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।