वैशाख २८ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस

वैशाख २८ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस

काठमाडौं : सरकारले संघीय संसद्को अधिवेशन आगामी वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।

यसअघि सरकारले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो र सोही बमोजिम राष्ट्रपतिबाट आह्वान समेत भइसकेको थियो। तर, आह्वान गरिएको संसद अधिवेशनलाई पुनः सरकारको सिफारिसमा स्थगन गरिएको थियो।

यही अवधिमा सरकारले आठ अध्यादेशहरू जारी गर्यो। राष्ट्रपतिबाट अध्यादेश जारी भए लगत्तै सरकारले संसद्को अधिवेशन आह्वानको प्रक्रिया अघि बढाएको हो। नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने प्रावधान छ।

वैशाख २२, २०८३ मंगलबार १६:१९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।