चार दिनपछि बढेको सेयर बजारमा घट्यो कारोबार

चार दिनपछि बढेको सेयर बजारमा घट्यो कारोबार

काठमाडौं : मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ। आज नेप्से ८.७८ अंकले बढेर २७१२ विन्दुमा कायम भएको छ। 

लगातार चार कारोबार दिन घटेको बजार आज भने बढेको हो। बजार बढेपनि कारोबार रकम भने घटेको छ। आज ३ अर्ब ४३ करोडको कारोबार भयो। अघिल्लो दिन ४ अर्ब २६ करोडको कारोबार भएको थियो।

१६२ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १६ को स्थिर रह्यो।

आज हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ ०.४३, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३ र अन्य समूह ०.०८ प्रतिशत बढे।

विकास बैंक ०.०४, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.०५, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह ०.२९ प्रतिशत घटे।

माथिल्लो लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ११.१६ प्रतिशत बढ्यो।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र पाल्पा सिमेन्ट छन्।

वैशाख २२, २०८३ मंगलबार १५:४२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।