३८ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

३८ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन हजार आठ सय रुपैयाँ घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ। 

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार आठ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य एक सय ५० रुपैयाँले घटेको छ। सोमबार पाँच हजार ३० रुपैयाँमा कारोबार भएको चाँदी म‌ंगलबार भने चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। 

वैशाख २२, २०८३ मंगलबार १०:५९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।