गर्मी महिना लागेसँगै माइडियाका नयाँ फ्यान सार्वजनिक
काठमाडौं : गर्मी महिना लागेसँगै माइडिया ब्रान्डको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले शक्तिशाली र आधुनिक फ्यानहरूको नयाँ सिरिज सार्वजनिक गरेको छ।
उच्च गुणस्तरको कपर मोटर जडान गरिएका यी फ्यानहरू टिकाउ हुनुका साथै कम विद्युत् खपत गर्ने र कम आवाज आउने प्रकृतिका रहेको कम्पनीको दाबी छ।
कम्पनीले बजारमा १८ इन्चको वाल फ्यान र स्ट्यान्ड फ्यान तथा १६ इन्चको मिस्ट स्ट्यान्ड फ्यान र हाइ-स्पिड स्ट्यान्ड फ्यान ल्याएको छ।
आधुनिक डिजाइन र प्रयोगमैत्री प्रविधि जडान गरिएका यी फ्यानहरूले नेपाली उपभोक्ताको गर्मीको समयलाई थप सहज र आरामदायी बनाउने कम्पनीले विश्वास लिएको छ।
वैशाख २२, २०८३ मंगलबार ०८:४७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।