अध्यादेशले ऊर्जा मन्त्रालयअन्तर्गत क-कसलाई गर्यो पदमुक्त ?

अध्यादेशले ऊर्जा मन्त्रालयअन्तर्गत क-कसलाई गर्यो पदमुक्त ?

काठमाडौं : 'सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' बमोजिम विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार जारी गरेको एक सूचनाअनुसार उक्त अध्यादेशको व्यवस्था बमोजिम नेपाल विद्युत् प्राधिकरण र विद्युत् नियमन आयोगका पदाधिकारीहरू स्वतः पदमुक्त भएको हुन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्य तथा सदस्यहरू रतनबहादुर ऐर, डा बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका छन्।

यसैगरी विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल तथा सदस्यहरू डा मधुसुधन अधिकारी र डा झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएको मन्त्रालयले जनाएको छ।

वैशाख २१, २०८३ सोमबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।