३४ अंक घट्यो सेयर बजार, कारोबार रकम चार अर्ब २६ करोडमा खुम्चियो

३४ अंक घट्यो सेयर बजार, कारोबार रकम चार अर्ब २६ करोडमा खुम्चियो

काठमाडौं : सातको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से ३४.६३ अंकले घटेर २७०४ विन्दुमा कायम भएको छ। 

आजसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो।

कारोबार रकम पनि घटेको छ। आज चार अर्ब २६ करोड ५३ लाखको कारोबार भयो। अघिल्लो दिन चार अर्ब ९१ करोडको कारोबार भएको थियो। 

२७ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो भने २ को स्थिर रह्यो।

आज माइक्रोफाइनान्सबाहेक सबै समूहका उपसूचक घटेका छन्। 

बैंकिङ ०.८६, विकास बैंक २.१४, फाइनान्स ०.९६, होटल तथा पर्यटन १.३५, जलविद्युत् २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, निर्जीवन बीमा ०.९३, अन्य ०.५० तथा व्यापार १.३८ प्रतिशत घटे।

फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १२.५८ प्रतिशत घट्यो।

आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र एनआईसी एसिया बैंक छन्।

वैशाख २१, २०८३ सोमबार १५:४०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।