सामान्य घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँ घटेको हो।
महासङ्घले आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार आठ सय कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार एक सयमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेर पाँच हजार ३० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो।
वैशाख २१, २०८३ सोमबार ११:०७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।