सीजी रिलायन्सले ल्यायो ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’, २५० एमएल क्यानको मूल्य मात्र ८० रुपैयाँ

सीजी रिलायन्सले ल्यायो ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’, २५० एमएल क्यानको मूल्य मात्र ८० रुपैयाँ

काठमाडौं : सीजी रिलायन्स बेभरेजले नेपालमा ऊर्जा पेय (इनर्जी ड्रिंक) क्याम्पा इनर्जी गोल्ड बुस्ट सार्वजनिक गरेको छ।

यसअघि क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज बजारमा ल्याइसकेको सीजी रिलायन्सले अब कार्बोनेटेड सफ्ट ड्रिंक भन्दा अघि बढेर इनर्जी ड्रिंकको श्रेणीमा पनि आफ्नो बलियो उपस्थिति जनाएको हो।

अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको यो पेय पदार्थ प्रति २५० एमएल क्यान मात्र ८० रुपैयाँमा उपलब्ध गराइएको छ।

यो इनर्जी ड्रिंक मकवानपुरको मनहरीस्थित सीजीको आफ्नै बोटलिङ प्लान्टमा उत्पादन गरिन्छ, जसले गर्दा बजारमा यसको निरन्तर आपूर्ति हुनेछ। कम्पनीको बलियो वितरण सञ्जालमार्फत यो पेय पदार्थ देशभरका खुद्रा पसलहरूमा बिक्रीका लागि उपलब्ध भइसकेको छ।

प्रारम्भिक बिक्री र उपभोक्ताहरूको प्रतिक्रिया अनुसार यसको स्वाद, क्याफिनको प्रभाव र यसले दिने 'किक' लाई निकै रुचाइएको कम्पनीले जनाएको छ।

यो पेय पदार्थ नेपालको चौधरी ग्रुप (सीजी) र भारतको रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल) बीचको संयुक्त लगानीमा बजारमा ल्याइएको हो। यसले आरसिपिएलको ब्रान्ड शक्ति र सीजीको स्थानीय बजारको अनुभवलाई उपयोग गर्दै नेपालभर 'क्याम्पा' ब्रान्डका पेय पदार्थहरूको उत्पादन र वितरण गरिरहेको छ।

सन् २०२२ मा रिलायन्सले अधिग्रहण गरेको 'क्याम्पा' ब्रान्ड अहिले भारत, यूएई, ओमान र बहराइनसँगै नेपालमा पनि तीव्र रूपमा विस्तार भइरहेको छ।

नेपालको सबैभन्दा ठूलो र विविधीकृत व्यवसायिक समूह चौधरी ग्रुप अन्तर्गत २०० भन्दा बढी कम्पनी र २६० भन्दा बढी ब्रान्डहरू सञ्चालनमा छन्। फुड एन्ड बेभरेज, वित्तीय सेवा, होटल, शिक्षा र सूचना प्रविधि जस्ता क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको सीजीले आफ्नो बलियो आपूर्ति प्रणाली र स्थानीय उत्पादन क्षमताको प्रयोग गर्दै नेपालमा क्याम्पा ब्रान्डको बजार विस्तार गरिरहेको छ।

वैशाख २०, २०८३ आइतबार १७:५३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।