६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै सीजी मेरिडियाको एआई एयर फ्रायर, स्वस्थ परिकारका लागि उपभोक्ताको रोजाइमा

६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै सीजी मेरिडियाको एआई एयर फ्रायर, स्वस्थ परिकारका लागि उपभोक्ताको रोजाइमा

काठमाडौं :  नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी 'सीजी मेरिडिया' अन्तर्गत बजारमा ल्याएको नेपालकै पहिलो एआई-सञ्चालित स्मार्ट एयर फ्रायरले ६ महिनाको छोटो अवधिमै नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ। 

विशेष गरी अहिलेको ओसिलो र झरीको मौसममा तात्तातो र स्वास्थ्यवर्धक खाजा तयार पार्नका लागि यो सामग्री निकै उपयोगी सावित भएको कम्पनीले जनाएको छ।

सीजी मेरिडियाको यस एआई एयर फ्रायरलाई उपभोक्ताहरूले अत्याधिक रुचाएका छन्।

यसमा आर्टिफिसियल इन्टेलिजेन्स र आन्तरिक क्यामेरा जडान गरिएको छ। यसले खानाको प्रकार र तौल आफैं चिनेर उपयुक्त तापक्रम र समय निर्धारण गर्छ, जसले गर्दा प्रयोगकर्ताको समय बचत हुन्छ।

उपभोक्ताले घरको अन्य काममा व्यस्त रहँदा वा अर्को कोठामा बस्दा पनि ‘सिजी स्मार्ट होम एप’ मार्फत सजिलै मोबाइलबाटै खाना पकाउन र त्यसको निगरानी गर्न सक्छन्। यसको आठ लिटरको भण्डारण क्षमता छ। त्यसैले मध्यम र ठूला नेपाली परिवारका लागि एकैपटक पर्याप्त मात्रामा परिकार तयार पार्न सकिन्छ।

यसमा भएको ‘वाटर स्प्रे’ फङ्सनले खानालाई सुक्खा हुन दिँदैन। यसले परिकारलाई बाहिर कुरकुरे र भित्र रसिलो बनाउँछ। यस प्रविधिले स्वास्थ्यप्रति सजग व्यक्तिहरूका लागि न्यूनतम तेलको प्रयोगमा पनि तारेको जस्तै स्वादिलो अनुभव प्रदान गर्दछ।

झरी र ओसिलो मौसमको उत्तम सहयात्री

बाहिर पानी परिरहेको र चिसो बढेको समयमा तात्तातो र स्वास्थ्यवर्धक खाजा खान मन पराउनेहरूका लागि यसले केही मिनेटमै इच्छा पूरा गरिदिन्छ। यसमा २५ वटा स्वचालित मेनु राखिएका छन्। त्यसैले समोसा, चिकेन रोस्ट, फ्रेन्च फ्राइज वा केक जस्ता जुनसुकै परिकार पनि व्यावसायिक स्वादमा सजिलै तयार पार्न सकिन्छ।

खाना पाक्दै गरेको अवस्थालाई उपभोक्ताले बाहिरबाटै सजिलै नियाल्न सक्छन्।

यसका भएको १८०० वाटको शक्तिशाली कन्भेक्सन हिटिङ मेकानिजमले तातो हावालाई तीव्र गतिमा  प्रवाह गराउँछ। यसबाट खाना छिटो पाक्नुका साथै परिकारको वास्तविक स्वाद र पोषण सुरक्षित रहन्छ। यसमा भएको र्यापिड एयर फ्लो प्रविधिले खानालाई सबै दिशाबाट समान रूपमा पकाउँछ र यसको पौष्टिकता जोगाउँछ।

सीजी मेरिडियाको यो स्मार्ट एयर फ्रायर देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू (सिजी डिजिटल र एलजी शपी), विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन (cgdigital.com.np) मार्फत सहजै खरिद गर्न सकिन्छ। साथै कम्पनीले ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग पनि सुनिश्चित गरेको छ।

वैशाख २०, २०८३ आइतबार १५:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।