विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
मोरङ : विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय नागरिक र एक नेपाली गरी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार काठमाडौं जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिए।
त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको ११ लाखसहित पक्राउ गरिएको उनले बताए।
दुवै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वैशाख २०, २०८३ आइतबार १०:५९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।