कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक वैशाख २१ गते बस्ने तय भएको हो।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक तय गरिएको जारी सूचनामा उल्लेख छ।
बैठकमा सहभागी हुनका लागि पार्टीले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ। बैठकको कार्यसूचीका बारेमा भने जानकारी दिइएको छैन।
वैशाख १९, २०८३ शनिबार १९:१५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।