रास्वपा सचिवालयको बैठक भोलि बस्दै

रास्वपा सचिवालयको बैठक भोलि बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सचिवालयको बैठक बोलाएको छ।

पार्टी सभापतिको निर्देशनअनुसार भोलि वैशाख २० गते सचिवालयको बैठक बस्न लागेको हो।

पार्टीको केन्द्रीय कार्यालय घन्टीघर, वनस्थली, काठमाडौँमा दिउँसो १२:३० बजे बैठक बोलाइएको रास्वपाले जनाएको छ।

बैठकमा पार्टीका सबै सचिवालय सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ।

पार्टीको पछिल्लो रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक डाकिएको बुझिएको छ।

वैशाख १९, २०८३ शनिबार १३:३५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।