नवलपरासी पूर्वमा स्कुटर दुर्घटना : एक महिलाको मृत्यु, चालक घाइते

नवलपरासी पूर्वमा स्कुटर दुर्घटना : एक महिलाको मृत्यु, चालक घाइते

कावासोती : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८, कालीगण्डकी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान भएको स्कुटर दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

दुर्घटनामा हुप्सेकोट गाउँपालिका-२ की निशा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ।

आज बिहान फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग.प्र.०४-००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको प्र.नं.२-०४-००१ ख ००८२ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किएको थियो।

सो दुर्घटनामा गम्भीर घाइते भएकी कुमालको उपचारका क्रममा चितवनमा मृत्यु भएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।

दुर्घटनामा स्कुटर चालक कावासोती-८ का ३७ वर्षीय शङ्कर श्रेष्ठ घाइते भएका छन्। घाइते श्रेष्ठको अहिले भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। सडक किनारमा रोकिराखेको ट्रकमा पछाडिबाट स्कुटर ठोक्किनुको कारणबारे थप विवरण आउन बाँकी छ।

वैशाख १९, २०८३ शनिबार १०:३०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।