सामसङ नेपालद्वारा वैदेशिक रोजगारीमा रहेका परिवारका लागि ‘रेमिटमा बेनिफिट’ योजना सुरु
काठमाडौं : सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई लक्षित गर्दै ‘रेमिटमा बेनिफिट’ नामक विशेष अभियान सुरु गरेको छ।
‘सपनादेखि सम्भावनासम्म’ पहलअन्तर्गत ल्याइएको यस योजनामा आइएमई रेमिट मार्फत रेमिट्यान्स प्राप्त गर्ने परिवारले सामसङका उत्पादनहरूमा विशेष छुट र सुविधाहरू पाउनेछन्।
योजना अनुसार सामसङका स्मार्टफोन, टिभी, फ्रिज र वासिङ मेसिन खरिद गर्दा ६ प्रतिशतसम्म क्यासब्याक, स्मार्टफोन खरिद र एनसेल रिचार्जमा १८० जीबीसम्म बोनस डेटा र हुलास फिनसर्भ मार्फत २४ महिनासम्मको सहज किस्ताबन्दी सुविधा पाइनेछ।
यो अफरको लाभ लिन ग्राहकले आइएमई रेमिटबाट प्राप्त कन्ट्रोल नम्बरसहित सामसङ स्टोरमा जानुपर्नेछ।
सामसङले यस अभियानका लागि आइएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापार लिमिटेडसँग सहकार्य गरेको छ। रेमिट्यान्सलाई केवल आर्थिक मूल्यमा मात्र नभई परिवारको जीवनस्तर सुधारमा जोड्ने उद्देश्यले यो अफर ल्याइएको सामसङ नेपालले जनाएको छ।
वैशाख १९, २०८३ शनिबार ०८:०७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।