राष्ट्रपति पौडेलले जारी गरे सम्पत्ति शुद्धीकरण अध्यादेश
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका छन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपतिबाट जारी भएको यो तेस्रो अध्यादेश हो। यसअघि सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश र सहकारीसम्बन्धी अध्यादेश जारी भइसकेका छन्।
वैशाख १८, २०८३ शुक्रबार २०:०९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।