एकैदिन ३४ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन हजार चार सय र चाँदी एक सय रुपैयाँले बढेको हो।
महासङ्घले आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार एक सय कायम भएको छ। हिजो बिहीबार छापावाल सुनको प्रतितोला दुई लाख ९२ हजार सात सयमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य चार हजार नौ सय ४५ कायम भएको छ। बिहीबार चाँदी चार हजार आठ सय १० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६५० र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
वैशाख १८, २०८३ शुक्रबार ११:२३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।