रियलमी जीटी ८ प्रो सार्वजनिक, शून्य ब्याजमा किस्ताबन्दी सुविधा

रियलमी जीटी ८ प्रो सार्वजनिक, शून्य ब्याजमा किस्ताबन्दी सुविधा

काठमाडौं : रियलमीले आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन रियलमी जीटी ८ प्रो सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो फोन वैशाख १३ गतेदेखि आधिकारिक रूपमा बजारमा उपलब्ध गराइएको हो।

यस स्मार्टफोनमा २०० मेगापिक्सेलको अल्ट्रा-लाइट पेरिस्कोप टेलिफोटो क्यामेरा र रिकोह जीआर इमेजिङ प्रणाली प्रयोग गरिएको छ। भिडियोतर्फ यसले 8K र 4K उच्च गुणस्तरको रेकर्डिङ सपोर्ट गर्दछ। फोनमा स्न्यापड्रागन ८ एलिट जेन ५ प्रोसेसरका साथै हाइपर भिजन प्लस एआई चिप जडान गरिएको छ।

डिस्प्लेतर्फ यसमा १४४ हर्ज रिफ्रेस रेट र ७००० निट्ससम्मको पीक ब्राइटनेस भएको 2K स्क्रिन रहेको छ। ७००० एमएएच क्षमताको टाइटान ब्याट्री रहेको यस फोनमा १२० वाटको सुपरभोक फ्ल्यास चार्जिङ र ५० वाटको वायरलेस चार्जिङ सुविधा छ।

नेपाली बजारमा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज क्षमतामा उपलब्ध यस फोनका दुईवटा भेरियन्ट ल्याइएको छ। विन्ड मुभ्स ह्वाइट भेरियन्टको मूल्य १ लाख ४९ हजार ९९९ र एस्टन मार्टिन ग्रीन भेरियन्टको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ। 

देशभरका आधिकारिक बिक्रेतामार्फत उपलब्ध हुने यस फोन खरिदमा कम्पनीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा समेत उपलब्ध गराएको छ।

वैशाख १७, २०८३ बिहीबार १८:१३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।