सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्षको वारेन्टीका साथ बजारमा

सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्षको वारेन्टीका साथ बजारमा

काठमाडौं : इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नेपाली बजारमा आफ्ना चेष्ट फ्रिजरहरूको वृहत् रेन्ज उपलब्ध गराएको छ।

११० देखि १००० लिटरसम्मका २८ वटा मोडलमा उपलब्ध यी फ्रिजरहरूमा कम्पनीले कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान गरेको छ।

गर्मीको समयमा खाद्य सामग्रीको ताजगी जोगाउन सहयोगी मानिने सीजीका फ्रिजरहरू प्रतिकूल मौसम र अस्थिर भोल्टेजमा पनि उत्तिकै प्रभावकारी छन्।

बिजुली नभएको समयमा पनि लामो समयसम्म चिस्यान कायम राख्ने यी फ्रिजरहरू साना पसलदेखि ठूला उद्योगसम्मका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।

ग्राहकले नागरिकताका आधारमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधामा फ्रिजर खरिद गर्न सक्नेछन्।

देशभर रहेका २१ वटा सीजी डिजिटल शोरुम, आधिकारिक बिक्रेता र अनलाइनबाट खरिद गर्न सकिने यी उत्पादनहरूमा ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा सुनिश्चित गरिएको छ।

वैशाख १७, २०८३ बिहीबार १२:०२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।