सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही घटेको छ। सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८१० कायम भएको छ।
हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी रु चार हजार ९१५ मा कारोबार भएको थियो।
वैशाख १७, २०८३ बिहीबार ११:०४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।