२५ अंक घट्यो सेयर बजार, चार अर्ब ९८ करोडको कारोबार
काठमाडौं : बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से २५.८१ अंकले घटेर २७४४ विन्दुमा कायम भएको छ।
कारोबार रकम पनि घटेको छ। आज चार अर्ब ९८ करोड ६३ लाखको कारोबार भयो। अघिल्लो दिन छ अर्ब ५३ करोडको कारोबार भएको थियो।
३० कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने चारको स्थिर रह्यो। आज व्यापार १.०९ र विकास बैंक ०.१४ प्रतिशत बढे।
बैंकिङ ०.७६, फाइनान्स ०.६४, होटल तथा पर्यटन १.६४, हाइड्रोपावर १.४५, लगानी ०.६६, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन २.२४, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा १.११ तथा अन्य समूह ०.९२ प्रतिशत घटे।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशत बढ्यो।
आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र नेसनल हाइड्रोपावर रहेका छन्।
वैशाख १६, २०८३ बुधबार १५:३७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।