सर्वसाधारणका लागि याम्बालिङ हाइड्रोपावरको आइपिओ खुल्यो

सर्वसाधारणका लागि याम्बालिङ हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौं : याम्बालिङ्ग हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि खुला गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि वैशाख ३० गतेसम्म लम्बिनेछ। 

केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम जनाउँछ।

७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल लागत करिब १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। आईपीओ निष्कासनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

वैशाख १६, २०८३ बुधबार ११:१७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।