तीन हजारले घट्यो सुन, चाँदी पनि सस्तियो

तीन हजारले घट्यो सुन, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो।

महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँ निर्धारण गरेको छ।

म‌ंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ८० रुपैयाँले घटेर चार हजार नौ सय १५ रुपैयाँ किनबेच भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

वैशाख १६, २०८३ बुधबार १०:४९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।