संसदीय दलको ‘अनौपचारिक बैठक’ बस्दै रास्वपा, उपत्यकामा रहेका सांसदलाई उपस्थित हुन आग्रह

संसदीय दलको ‘अनौपचारिक बैठक’ बस्दै रास्वपा, उपत्यकामा रहेका सांसदलाई उपस्थित हुन आग्रह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको अनौपचारिक बैठक आह्वान गरेको छ।

पछिल्लो राजनीतिक घटनाक्रम र संसदीय भूमिकाका विषयमा छलफल गर्न रास्वपाले बिहान ११ बजे बैठक बोलाएको हो।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने उक्त अनौपचारिक छलफलमा पार्टी सभापति रवि लामिछानेको समेत विशेष उपस्थिति रहने बताइएको छ।

पार्टीका प्रवक्ता मनिष झाले एक सूचना जारी गर्दै काठमाडौं उपत्यकामा उपलब्ध पार्टीका सबै सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन्।

यद्यपि संसदीय दलको बैठकमा संसदीय दलको नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति हुने वा नहुनेबारे कुनै उल्लेख छैन।

औपचारिक एजेन्डा तय नभए पनि अनौपचारिक छलफल भएकाले संसद्मा पार्टीले खेल्ने भूमिका, समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिका विषयमा नेताहरूबीच विचार विमर्श हुने बताइएको छ।

वैशाख १६, २०८३ बुधबार १०:०१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।