पाल्पाको नुवाकोटमा तीन जना सवार स्कुटर दुर्घटना, दुई किशोरीको मृत्यु
बुटवल : पाल्पाको तिनाउ-२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको स्कुटर दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक रुद्र गिरीका अनुसार ३ जना सवार स्कुटर आफैँ अनियन्त्रित भई सडकदेखि करिब २५/३० मिटर तल खसेको थियो।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-११ कालिकानगरकी १८ वर्षीया पूर्णिमा उचई मगर र कपिलवस्तु वाणगँगा नगरपालिका-९ भलवाडकी १९ वर्षीया निशा कुँवर रहेको प्रहरीले जनाएको छ।
स्कुटर चालक वाणगँगा-९ कै २० वर्षीय सुमन श्रेष्ठ घाइते भएका छन्। उनीहरू लु ३५ प ५७६६ नम्बरको एउटै स्कुटरमा सवार थिए।
मंगलबार साँझ करिब पौने सात बजे भएको दुर्घटनापछि उनीहरूलाई उद्धार गरी बेलबासकै एडमनसिटी अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
दुर्घटनामा परेका २ युवतीलाई प्रादेशिक अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए। घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
वैशाख १६, २०८३ बुधबार ०८:०६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।