उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित आयोगविरुद्ध सर्वोच्चमा रिट

उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गरेको रिट निवेदनमा सरकारले गठन गरेको उक्त आयोग असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्न माग गरिएको छ। उक्त रिटमा सुनुवाइका लागि बुधबारका लागि पेसी तोकिएको छ।

सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो। उक्त आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न कार्यादेश दिइएको छ। 

वैशाख १५, २०८३ मंगलबार २२:१६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।