सम्पत्ति शुद्दिकरणको प्रमुखमा निर्मल ढकाल
काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सह-सचिव निर्मल ढकाल नियुक्त भएका छन्। उनी विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए।
विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरको श्रीमतीको नाममा दीपक भट्ट समूहको कम्पनीमा संस्थापक सेयर लगानी रहेको खुलेपछि उनलाई अर्थ मन्त्रालयमा सारिएको थियो।
भट्टबारे विभागले नै अनुसन्धान गरिरहेको छ। जुन विभागले छानबिन गरिरहेको छ त्यसैको प्रमुखको परिवारको लगानी भट्ट र शंकर समूहको कम्पनीमा रहेको खुलेसँगै उनको सरुवा भएको थियो।
उनको सरुवासँगै रिक्त रहेको विभागको प्रमुखमा मंगलबार ढकाल नियुक्त भएका हुन। पछिल्लो समय विभागले भट्ट समूहको सम्पत्तिबारे अनुसन्धान गरिरहेको छ।
बैंकिङ कसुरसँगै बीमा र सेयर कारोबारमा बदमासी देखिएपछि विभागसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरिरहेको छ। अहिले भट्ट, साहिल अग्रवाल र शेखर गोल्छा हिरासतमा छन्।
वैशाख १५, २०८३ मंगलबार २०:३६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।