मंगलबार २६ अङ्कले घट्यो नेप्से परिसूचक, साढे ६ अर्बको कारोबार

मंगलबार २६ अङ्कले घट्यो नेप्से परिसूचक, साढे ६ अर्बको कारोबार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको छ।

मंगलबार ३४९ कम्पनीको एक करोड ४० लाख १३ हजार १६७ कित्ता सेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा छ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

मंगलबारको कारोबारमा अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैङ्किङ शून्य दशमलव ८४, विकास बैङ्क एक दशमलव २२, वित्त शून्य दशमलव ६१, होटल तथा पर्यटन दुई दशमलव ५६, जलविद्युत् एक दशमलव ७४, लगानी शून्य दशमलव ४७ र जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ। 

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४६, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३१ निर्जीवन बीमा शून्य दशमलव ३९ र व्यापार समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ।

हिमालयन बैङ्क लिमिटेड बण्ड २०८६ को शेयर मूल्य आज सबैभन्दा धेरै छ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले घटेको छ।

वैशाख १५, २०८३ मंगलबार १७:१९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।