प्रोटोन गाडीको ‘सेल्स एन्ड एक्सचेन्ज एक्सीलेन्स’ योजना सुरु: पुरानो साटेर नयाँ लिँदा आकर्षक सुविधा
काठमाडौं : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘सेल्स एन्ड एक्सचेन्ज एक्सीलेन्स’ योजना सार्वजनिक गरेको छ।
यो विशेष योजना वैशाख १३ देखि १५ गतेसम्म (अप्रिल २६-२८) नेपालभरका सबै प्रोटोन शोरुमहरूमा सञ्चालन हुनेछ।
यस योजनाअन्तर्गत ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडी साटेर नयाँ प्रोटोन गाडी (ई.मास सेभेन लगायतका मोडल) खरिद गर्न सक्नेछन्।
योजनामा सहभागी हुने ग्राहकले आकर्षक नगद छुट, पुरानो गाडीको उत्कृष्ट मूल्याङ्कन, एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक दस्तुर, ७ किलोवाटको चार्जर तथा ८ वर्षसम्मको वारेन्टी सुविधा प्राप्त गर्नेछन्।
विशेषगरी विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ग्राहकलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी रोज्न प्रोत्साहित गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध रहनेछ।
वैशाख १५, २०८३ मंगलबार १२:४६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।