प्रोफेसनल होल्डिङ्ग्सको साधारण सभाबाट ५० प्रतिशत बोनस सेयर र आईपीओ जारी गर्ने प्रस्ताव पारित
काठमाडौं : प्रोफेसनल होल्डिङ्ग्स लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड) को २०औं वार्षिक साधारण सभा ५० प्रतिशत बोनस सेयर वितरण र आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
चैत २८ गते काठमाडौंमा सम्पन्न सभाले सेयरधनीहरूका लागि हालको कायम चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
सभाले कम्पनीको जारी पुँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय समेत गरेको छ।
यसैगरी, कम्पनीको सहायक संस्था युनिग्लोब हाययर सेकेन्डरी स्कुल लिमिटेडले पनि आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्ष २०८२/८३ का लागि एनबीएसएम एन्ड एसोसिएट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स मुख्य सेयरधनी रहेको यस कम्पनीले आईपीओमा जाने निर्णयसँगै भविष्यका लागि नयाँ मार्ग प्रशस्त गरेको जनाएको छ।
वैशाख १५, २०८३ मंगलबार १२:३४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।